(१) उजुरी दिँदा वा उजुरीको कारबाहीको सिलसिलामा पीडकबाट पीडित वा निजसँग आश्रित अन्य कुनै व्यक्तिलाई थप शारीरिक चोटपटक वा मानसिक यातना हुन सक्ने सम्भावना भएमा उजुरीकर्ताले त्यसको पर्याप्त र विश्वसनीय आधार खुलाई सुरक्षाको लागि उजुरी सुन्ने निकाय
समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सुरक्षा माग भएमा र उजुरीकर्ताको माग बमोजिम पीडित वा निजसँग आश्रित व्यक्तिलाई सुरक्षा प्रदान गर्नु पर्ने देखिएमा उजुरी सुन्ने निकायले त्यस्तो व्यक्तिको सुरक्षाको लागि नजिकको प्रहरी कार्यालय समक्ष लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो व्यक्तिलाई तत्काल् देहाय बमोजिमको सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ :–
(क) पीडित वा निजसँग आश्रित व्यक्तिलाई अस्थायीरुपमा सुरक्षित स्थान वा सेवा केन्द्रमा बस्ने व्यवस्था मिलाउने,
(ख) पीडकबाट थप शारीरिक चोटपटक वा मानसिक यातना हुन नपाउने व्यवस्था गर्ने ।